Date: 21 September 2026
Spain मा Nacionalidad Española por Residencia को application दिएको छ भने आफ्नो expediente कहाँ पुगेको छ भनेर online बाट सजिलै check गर्न सकिन्छ।
1. Official website खोल्नुहोस्
Ministerio de Justicia – Cómo va lo mío
यो Spain को Ministerio de Justicia को official system हो। यहाँ nationality application को current processing stage हेर्न सकिन्छ।
2. के-के चाहिन्छ?
Online consultation मा सामान्यतया:
- NIE
- Expediente Number
- Year
- Date of Birth
- CAPTCHA
भर्नुपर्छ। उदाहरणका लागि expediente number R500001/2015 जस्तो format मा हुन्छ।
3. NIE कहाँ राख्ने?
तपाईंको TIE/NIE मा भएको NIE number राख्नुहोस्।
उदाहरण:
Y1234567X
4. Expediente Number कहाँ भेटिन्छ?
Nationality application submit गर्दा प्राप्त भएको resguardo/justificante मा expediente number हुन्छ।
उदाहरण:
R123456/2026
यसमा:
Number: R123456
Year: 2026
राख्नुपर्छ।
5. Status देखिएपछि के बुझ्ने?
तपाईंको application विभिन्न stages मा देखिन सक्छ, जस्तै:
Abierto – Registrado
→ Application system मा register भएको छ।
En tramitación
→ Application processing भइरहेको छ।
Pendiente de informes
→ आवश्यक reports/information को प्रतीक्षा भइरहेको छ।
Requerido
→ Ministry ले थप document वा action मागेको हुन सक्छ।
Concedido
→ Spanish nationality granted भएको छ।
Denegado
→ Application refused भएको छ।
⚠️ एउटा धेरै महत्वपूर्ण कुरा
“Cómo va lo mío” मा देखिने status official notification होइन। Ministry ले स्वयं यसलाई informative information मात्र भनेको छ। यदि तपाईंको application मा formal notification आएको छ भने DEHú वा तपाईंले application गर्दा दिएको notification channel पनि check गर्नुपर्छ।
मोबाइलबाट कसरी check गर्ने?
Google → “Cómo va lo mío nacionalidad” → Ministerio de Justicia → NIE + expediente details → CAPTCHA → Consultar
अनधिकृत website वा agent लाई आफ्नो NIE, expediente number वा personal documents नदिनुहोस्। Official Ministry website प्रयोग गर्नुहोस्।

