21 September 2026 | Spain
Spain मा contract अनुसार 40 घण्टा साप्ताहिक काम गर्ने व्यवस्था भए पनि त्यसको अर्थ employer ले जति मन लाग्यो त्यति अतिरिक्त घण्टा निःशुल्क काम लगाउन पाउँछ भन्ने होइन। सामान्य working day को वार्षिक औसत 40 hours per week भन्दा बढी हुन सक्दैन। Overtime को विषयमा कानूनले त्यसलाई भुक्तानी वा बराबर paid rest मार्फत compensate गर्ने व्यवस्था गरेको छ, र सामान्य अवस्थामा overtime को वार्षिक सीमा 80 घण्टा छ।
त्यसैगरी, कामदारलाई सामान्यतया कम्तीमा 1.5 दिन लगातार weekly rest को अधिकार हुन्छ। Annual paid vacation भने कम्तीमा 30 calendar days हुनुपर्छ, यद्यपि लागू हुने collective agreement ले थप सुविधा दिन सक्छ।
Boss लाई थाहा नदिई कहाँ जानकारी दिने?
यसका लागि Spain को Inspección de Trabajo y Seguridad Social (ITSS) को Buzón प्रयोग गर्न सकिन्छ।

ITSS ले पुष्टि गरेको कुरा: कुनै पनि व्यक्तिले आफ्नो पहिचान नखुलाई labour-law सम्बन्धी irregularity को जानकारी Buzón मा दिन सक्छ। यसमा working hours, salary, Social Security लगायतका समस्या समावेश हुन्छन्।
🔗 Official Anonymous Buzón
ITSS Buzón – Anonymous Information
उदाहरण: तपाईंको अवस्था यस्तो छ भने
मानौँ तपाईंको contract 40 hours/week को छ।
तर employer ले:
- हप्तामा 50–60 घण्टा काम लगाउँछ
- अतिरिक्त घण्टाको पैसा वा compensatory rest दिँदैन
- weekly rest दिँदैन
- annual vacation लिन दिँदैन
- काम गरेको salary रोक्छ
- काम गरेको वास्तविक समयभन्दा फरक working hours देखाउँछ
यस्तो अवस्थामा Buzón मा company को नाम, workplace को address, कामको प्रकार र वास्तविक working schedule स्पष्ट रूपमा लेख्न सकिन्छ।
Spanish मा यस्तो लेख्न सकिन्छ:
Quiero informar de posibles incumplimientos de la normativa laboral en este centro de trabajo.
El contrato establece una jornada de 40 horas semanales, pero en la práctica se realizan muchas más horas de trabajo. Las horas adicionales no son abonadas ni compensadas adecuadamente.
Además, no se respeta correctamente el descanso semanal y no se permite disfrutar de las vacaciones anuales correspondientes. En algunos casos, tampoco se abona correctamente todo el salario correspondiente al trabajo realizado.
Solicito que la Inspección de Trabajo compruebe las condiciones laborales y el cumplimiento de la normativa vigente.
Datos del centro de trabajo:
Nombre de la empresa:
Dirección:
Municipio:
Actividad:
Horario habitual:
Descripción de los hechos:
Anonymous Buzón र formal denuncia एउटै प्रक्रिया होइनन्। Buzón मा anonymous information दिन सकिन्छ, तर तपाईंले आफूले पाउनुपर्ने salary वा अन्य रकम व्यक्तिगत रूपमा दाबी गर्न चाहनुहुन्छ भने अलग formal legal process आवश्यक पर्न सक्छ।
त्यसैले काम गरेको प्रमाण सुरक्षित राख्नुहोस्: contract, nómina, WhatsApp messages, work schedule, clock-in/out records, bank payments र employer ले दिएको written instructions।
ITSS को official जानकारीअनुसार Buzón बाट आएको सूचनाले वास्तविक irregularity पत्ता लगाउन मद्दत गर्न सक्छ। उदाहरणका रूपमा, Valencia मा 2026 मा ITSS को Buzón बाट सुरु भएको अनुसन्धानपछि 25 जना कामदारसँग सम्बन्धित गम्भीर labour irregularities पत्ता लागेको थियो।
यदि तपाईं boss ले आफूलाई report गरेको थाहा नपाओस् भन्ने चाहनुहुन्छ भने, पहिले anonymous Buzón बाट जानकारी दिनु सबैभन्दा सीधा विकल्प हो।
#Spain #Trabajo #DerechosLaborales #ITSS #NepaliInSpain